FAQs Complain Problems

समाचार

Photo Gallery

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत यस मेलम्ची नगरपालिका वडा नं ६ मा नेपाने-पञ्चकन्या,मानेभञ्याङ धुसेनी सडक र नेपाने-पञ्चकन्या चापाबोट खण्डको नाली व्यवस्थापन र बाटोको मर्मत संभार कार्यको शुभारम्भ गरियो | उक्त कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जितराज थापा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद थपलिया, योजना प्रमुख राम कुमार के.सी , रोजगार संयोजक रामहरि खत्री र स्थानीयवासीको सहभागीता रहेको थियो | यस कार्यक्रमले  मे.न.पा ६ का २६ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

त्यस्तै मेलम्ची नगरपालिका वडा नं १० मा शहरेखोला-मसानघाट-थरीटोल-कोताचौर गोरेटो बाटोको मर्मत संभार कार्यको शुभारम्भ गरियो | उक्त कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं.१० का वडा अध्यक्ष भक्त बहादुर खड्का, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद थपलिया, रोजगार संयोजक रामहरि खत्री र स्थानीयवासी को सहभागीता रहेको थियो | यस कार्यक्रमले मे.न.पा १० का ३४ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

, , , , , , , , ,

मिति २०७६ वैशाख २५ गते स्वास्थ्य निर्देशनालय प्रदेश नं ३ को आयोजनामा मेलम्ची नगरपालिका वडा नं ४ स्थित एक्रिकृत  सेवा केन्द्रमा  गरिएको सरभाइकल क्यान्सर र प्रजनन स्वास्थ्य स्क्रिनिंङ्ग शिविर संचालन तथा शिरोधारा उदघाटन कार्यक्रमको केहि झलकहरु ..........

, , , , ,

अपाङ परिचयपत्र वितरण कार्यबिधी २०७५ बमोजिम मेलम्ची नगरपालिकाबाट मिति २०७५ साल चैत्र २८ देखि औपचारिक रुपमा सुरु गरिएकोले देहाय बमोजिमको विवरण लिएर नगरपालिका कार्यालयमा सम्पर्क राख्नु हुनु सुचित गरिन्छ ।
१ वडा कार्यालयको सिफारिस
२ मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाट सिफारिस
३ सम्भव भएसम्म अपाङ्ता झल्किने फोटो सहित पासपोर्ट साइजको ३ प्रती फोटो 
४ नेपाली नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटोकपि

Pages