डम्बर बहादुर अर्याल

Photo: 
Phone: 
+977-9851147686

नेपालमा योजनावद्ध विकासको इतिहास लामो भए पनि मेलम्ची नगरपालिका भर्खर योजना निर्माणमा जुटेको छ । हाम्रा प्रस्तावित गुरु योजनाहरुले नै मेलम्चीको योजनावद्ध विकासको थालनी भएको महशुस गराउने छ । हामी समावेशी, समानुपातिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा विकास निर्माणका कार्य अगाडि बढाउँन चाहन्छौं । मेलम्ची नगरपालिका घोषणा पछिको पहिलो निर्वाचनको परिणाम स्वरुप हामी आएका छौं । नगरपालिका, नगरपालिका जस्तो छैन । हामीले साँच्चिकै नगरपालिका निर्माणको दिशा निर्दिष्ट गर्न चाहेका छौं । नगरपालिका निर्माणको पहिलो शर्त नै जनताको सहभागिता हो । विकास, सुशासन र पारदर्शीता हाम्रो प्रतिवद्धता हो । निरन्तर रुपमा गहन, तथ्यपूर्ण सुझाव र सल्लाहको अपेक्षा गर्दछौं । धन्यवाद ।

 

(डम्बर बहादुर अर्याल)

नगर प्रमुख

Section: 
मेलम्ची नगरपालिका