मेलम्ची नगरपालिकाको परिचय

नेपालको राजधानी काठमाण्डौबाट उत्तर–पूर्वमा पर्ने ३ नं. प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ ।  

यस नगरपालिकाले तय गरेको विकासका तीन  खम्बे नीति कृषि, पर्यटन र जलाधारलाई मध्यनजर गर्दै नगरपालिकाले कृषि, पर्यटन र जलाधारको विकासलाई प्राथमिकतामा राखेको छ । नगरपालिका क्षेत्र भित्रका कृषि योग्य जमिनको पहिचान गरी केही क्षेत्रहरुलाई कृषि पकेट, कागती पकेट, किवी पकेट र चिया पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम अघि बढाइएको छ । यस नगरपालिका क्षेत्रको ईन्द्रावती तथा मेलम्ची नदीलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन कार्य अघि बढाइएको छ ।