FAQs Complain Problems

वडा नं १

वि.स. २०७३ साल फागुन २६ गते मेलम्ची नगरपालिका भित्रका साविकका ४ वटा गाविसहरु थप भई नगरपालिकाको पुनर्गठन गरिएकोमा ती मध्ये भोटेचौर गाविस एक हो । नेपालमा संघीयता कार्यान्वयन पछि साविक भोटेचौर गाविसको ९ वटा वडाहरुमध्ये वडा नं. १, २, ३ र ४ समावेश गरि हालको मेलम्ची नगरपालिकाको १ नं. वडा गठन भएको हो । यो वडा ९.३३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।  

नेपालको राजधानी काठमाडौबाट उत्तर पुर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा पर्ने मेलम्ची नगरपालिकाको यस वडाको पुर्वमा मेलम्ची नगरपालिकाको ‍वडा नं. १२ को गिराञ्चौर र काठमाडौं जिल्लाको शंखरापुर न.पा. को वडा नं. २ पटाप, पश्चिममा मेलम्ची न.पा. वडा नं. २ को निबुगाउ, उत्तरमा मेलम्ची न.पा. वडा नं. ५ को सिन्धुखोला र दक्षिणमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पर्दछ । यस वडामा लेक देखि वेशीसम्मका स्थानहरु रहेको कारण भौगोलिक हिसावले चिसो हावापानी देखि गर्मी हावापानी समेत पाइन्छ ।  पर्यटकीय क्षेत्रको रुपमा विकास हुने संभावना बोकेको यस वडाबाट जुगल हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । राजधानीबाट मेलम्ची नगरपालिका प्रवेश गर्ने ३ वटा नाका मध्ये यो पनि एक हो । यहाँ ब्राह्मण, क्षेत्री, तामाङ, कामी, दमाई र नेवार गरी मिश्रीत बसोबास भएतापनि विकासको क्रममा सबै जातजाति एकजुटका साथ अघि बढेको पाईन्छ । यस वडाका मानिसहरुको प्रमुख पेशा कृषि तथा पशुपालन भएतापनि यसका अलावा नोकरी, व्यापार, दुग्ध व्यवसाय, व्यवसायिक किवी खेती, आलु खेती लगायतका नगदे वालीको खेती प्रमुख रहेको छ । यस वडामा पाताल गुफा, मौरी झरना, त्रिवेणीघाट, कुण्डेश्वर लगायतका प्राकृतिक एवं धार्मिक पर्यटकीयस्थलहरु रहेका छन्  ।

 

Population: 
3,171
Ward Contact Number: 
9860852865
Ward Area : 
9.33 Km2
Ward Secretary: 
9842938576
Ward Chair Person : 
9860852865
Weight: 
1