FAQs Complain Problems

वडा नं .११

साविक मेलम्ची गाउँ विकास समितिको रुपमा हालको मेलम्ची नगरपालिका वडा नं. ११ राज्यको पुनर्संरचना पश्चात साविक मेलम्ची गाविस र सिन्धुकोट गाविसको वडा नं. ८ मिलाएर निर्माण गरिएको वडा हो । यस वडाको पूर्वमा इन्द्रावती नदी, पश्चिममा मेलम्ची न.पा वडा नं. 5 सिन्धुकोट, उत्तरमा  मेलम्ची न.पा. वडा नं. 6 नुहारखोला र दक्षिणमा मेलम्ची न.पा वडा नं.१२ बाँसबारी रहेको छ ।

पौराणिक कालमा गुरु रिन्पोच्छे हिमालय पर्वत घुम्दै आउने क्रममा सिन्धुपाल्चोक जिल्लाको ठूलो ढुङ्गाको ओडार (हाल मेलम्ची घ्याङ, हेलम्बु गाउँपालिका ) मा बास बस्नु भएको र आफ्नो अस्त्र बज्रशक्ति ढुङ्गामा प्रहार गरी आगोको ज्वाला मे ल्हम उत्पन्न गरेको हुँनाले वरिपरिको तामाङ, लामा र ह्योल्मो समुदायले मे ल्हम चीम (आगोको ज्वाला रहेछ ) भनिएको र उक्त पवित्र स्थल मेल्हम्चीममा लामाको घ्याङ बनाई हाल मेलम्ची घ्याङ भनिएको र सोही क्षेत्र हुँदै बगेको खोलाको नाम मेलम्ची खोला राखिएको, मेलम्ची खोला र ईन्द्रावती नदीको संगमस्थलको नाम मेलम्ची दोभान रहन गई यस मेलम्ची दोभान क्षेत्रको आसपासको भूभागलाई समेटेर मेलम्ची नामकरण गरिएको पौराणीक इतिहास रहेको पाइन्छ ।

यो वडा भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्र देखि तल्लो बेसीं फाँटसम्म फैलिएर रहेको छ । यो वडामा मिश्रित जातजातीहरुको बसोबास हुनुको साथै नगरपालिकाको केन्द्र यसै वडामा रहेको छ । 

Population: 
5,230
Ward Contact Number: 
9851070980
Ward Area : 
12.75 Km2
Ward Secretary: 
9841852447
Ward Chair Person : 
9851070980
Weight: 
11