FAQs Complain Problems

वडा नं. ९

विगत समयमा यस गा.वि.स को कार्यालय रहेको ठाँउतिर ज्यामिर (एक खालको सुन्तला जातको फल) को बोट पाइने हुँदा बोलीचालीमा ज्यामिर पाइने ठाँउ भन्दाभन्दै ज्यामिरे नामाकरण रहन गएको हो । वि.सं. २०७१ साल मंसिर १६ गतेको नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गा.वि.स. हरू मिलाएर मेलम्ची नगरपालिका गठन हुने क्रममा समेत सोहि नाम राखिएको र हाल पनि यस वडा ज्यामिरेको नामले परिचित छ।

साविक ज्यामिरे  गाविसको ९ वटा वडामध्ये १, ३ , ४, ५, ६, ७, ८, ९ समावेश गरि हालको मेलम्ची नगरपालिकाको १३ वटा मध्ये ९ नं. वडा गठन भएको छ । जम्मा १८.९ वर्ग किमि क्षेत्रफल भएको यस वडामा वि.स. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार करिव ७६०६ जनसङ्ख्या र १५४० घरधुरीहरु रहेको छ ।

मेलम्ची नगरपालिकाको उत्तर पुर्वमा अवस्थित बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा पर्ने मेलम्ची नगरपालिकाको १३ वटा वडा मध्ये ९ नं. एक हो । यस वडाको पुर्वमा इन्द्रावती गाँउपालिकाको वडा नं. १ र ४ , पश्चिममा मेलम्ची नगरपालिकको वडा नं. १० र ईन्द्रावती नदी, उत्तरमा पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं. ८ खाल्डेखोला र दक्षिणमा मेलम्ची नगरपालिका वडा नं. १० रहेको छ । भौगोलिक तथा प्राकृतिक हिसावले अत्यन्त  मनोरम यस वडामा गर्मी समयमा पनि निरन्तर बर्षाका कारण हावापनी शितल र ठन्डा रहेको छ । पर्यटकीय नगरीको संभावना रहेको यस वडाबाट जुगल हिमाल, दोर्जेलाक्पा हिमाल, पाँचपोखरी, आमायाङ्ग्रीका साथै नगर तथा अन्य पालिकाका क्षेत्रहरु र विभिन्न हिमाल एवं पर्यटकीय स्थलहरुको दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्र गुफा डाँडा समेत यसै वडा भित्र पर्दछ । यस वडामा ब्राह्मण, क्षेत्री, तामाङ, शेर्पा, गुरुङ, मगर, भुजेल, घले, गिरी, पुरी, भारती, बि.क.,मिजार, परियार लगायतका मिश्रित जातजातीहरुको बसोबास भएता पनि विकासको क्रममा सबै जातजाती एकजुटका साथ अघि बढेको पाईन्छ । यस वडाका मानिसहरुको प्रमुख पेशा कृषि भएता पनि यसका अलावा नोकरी, व्यापार, दुग्ध व्यवसाय, व्यवसायिक किवी खेती, एभोगाडो लगायतका नगदे वाली तर्फ मौसमी र बेमौसमी हावापानी अनुसारको खेती गर्ने चलन रहेको छ ।

Population: 
5,553
Ward Contact Number: 
9841359802
Ward Area : 
18.90 Km2
Ward Secretary: 
9867855959
Ward Chair Person : 
9841359802
Weight: 
9