FAQs Complain Problems

आधारभुत तह (कक्षा ८) काे नतिजा प्रकाशन सम्बन्धि सुचना !!!!

मेलम्ची नगरपालिकाद्वारा मिति २०७५/१२/०७ देखि २०७५/१२/१५  गते सम्म सञ्चालित आधारभूत तह उत्तीर्ण (कक्षा ८)  परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । विद्यालयलाई उपलव्ध गराईएको युजरनेम र पासवार्डको प्रयोग गरी परीक्षा व्यबस्थापन प्रणालिद्धारा प्रकाशित नतिजा हेर्न सकिनेछ । परीक्षामा सहभागि विद्यार्थीहरुको मार्कसिट लिनका लागि नगरपालिकाको शिक्षा शाखामा २०७६ बैशाख ०२ गतेदेखि सर्म्पक राख्नुहोला । कम्तिमा पाँचवटा विषयमा D+ प्राप्त गरेका विद्यार्थीहरुले ग्रेड वृद्धि  परीक्षामा सहभागि हुन पाउने व्यबस्था गरिएको छ। ग्रेड बृद्धि परीक्षामा सहभागि हुनका लागि सम्बन्धीत विद्यालय मार्फत परीक्षा आवेदन फारम भर्नुपर्ने छ । सम्बन्धीत विद्यालयहरुले सम्बन्धीत विद्यार्थीहरुलाई परीक्षा आवेदन फारम भर्ने व्यबस्था मिलाइ २०७६ बैशाख १५ गते भित्र यस नगरपालिकाको शिक्षा शाखामा पेश गरी सक्नु पर्नेछ । ग्रेड बृद्धि परीक्षा २०७६ साल बैशाख २८ गतेबाट सुरु हुनेछ । परीक्षा तालिका सम्बन्धी विस्तृत जानकारी अर्काे सुचना मार्फत गराइने व्यहोरा समेत अनुरोध छ ।