समाचार
अपाङ्गता परिचय पत्र बनाउन आवश्यक कागजपत्रहरु
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय:
मेलम्ची नगरपालिकाको महिला तथा बालबालिका शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- वडा कार्यालयको सिफारिश,
- अपाङ्गता झल्किने पूरै शरीर देखिने फोटो 1 प्रति,
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति (16 वर्ष उमेर नपुगेका को हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निजको बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि),
- अटो साइजको फोटो 3 प्रति,
- जिल्ला प्रशासन कार्यालय वा महिला तथा बालबालिका कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त गरेको अपाङ्गता परिचय पत्र भए सोको सक्कल र
- अगाडि चेक जाँच गरेको भए डाक्टरको रिपोर्ट (कान र आँखाको हकमा डाक्टरको रिपोर्ट अनिवार्य )