प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत यस मेलम्ची नगरपालिका वडा नं ६ मा नेपाने-पञ्चकन्या,मानेभञ्याङ धुसेनी सडक र नेपाने-पञ्चकन्या चापाबोट खण्डको नाली व्यवस्थापन र बाटोको मर्मत संभार कार्यको शुभारम्भ गरियो | उक्त कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जितराज थापा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद थपलिया, योजना प्रमुख राम कुमार के.सी , रोजगार संयोजक रामहरि खत्री र स्थानीयवासीको सहभागीता रहेको थियो | यस कार्यक्रमले मे.न.पा ६ का २६ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
त्यस्तै मेलम्ची नगरपालिका वडा नं १० मा शहरेखोला-मसानघाट-थरीटोल-कोताचौर गोरेटो बाटोको मर्मत संभार कार्यको शुभारम्भ गरियो | उक्त कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं.१० का वडा अध्यक्ष भक्त बहादुर खड्का, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद थपलिया, रोजगार संयोजक रामहरि खत्री र स्थानीयवासी को सहभागीता रहेको थियो | यस कार्यक्रमले मे.न.पा १० का ३४ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।